गृहपृष्ठ Featured मुग्लिन-नारायणगढ सडक सुचारु

मुग्लिन-नारायणगढ सडक सुचारु

चितवन ।

चितवनको इच्छाकामना गाउँपालिका- ५ तुइनखोला नजिक मुग्लिन-नारायणगढ सडक खण्डमा आज बिहान पहिरो खस्दा करिब ४ घण्टा आवागमन अवरुद्ध भएको छ ।

बिहान ४:०० बजेतिर माथिबाट ढुंगासहितको ठूलो पहिरो खस्दा दुवै तर्फको सवारी सञ्चालन रोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो स्थानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

बाटो खुलाउन डिभिजनले दुईवटा ‘जेसिभी’ परिचालन गरी पहिरो पन्छाउने काम गरेको थियो ।

लगातारको प्रयासपछि बिहान ८:१० बजेदेखि दुबै तर्फको सवारी साधन सञ्चालनमा आएको सडक डिभिजनले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार