वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य सघं अन्तरगत बाणगंगाका बजार अवबाट मगंलबार पनि खुला रहने भएका छन ।
नेपालीहरुका महान पर्व हरितालिका तिज, दशै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै मगंलबार पनि बजार खुला रहने सघंले जनाएको छ ।
कपिलवस्तुका उद्योग बाणिज्य सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यही भदौ ३ गतेदेखि कात्तिक ४ गतेसम्म मगंलबार पनि बजार खुला रहने वैखरी अनलाइनलाई जानकारी दिए ।
साथै कात्तिक ४ गते मगंलबारबाट बजार पुनः बन्द हुने जानकारी दिए । साथै सघंले सम्पुर्ण ब्यपारी, ब्यवसायी तथा नगरबासीमा आउदै गरेका महानपर्वको शुभकामना समेत दिएको छ ।
चाड पर्वको अवसरमा बजारमा किनमेल गर्नेको संख्या बढि हुने र बजारमा चाप पनि बढने भएकाले मगंलबार बजार खुला गर्ने निर्णय गरीएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
साथै कपिलवस्तुको उद्योग बाणिज्य सघंको आयोजनामा भदौ १६ गते नापतौल कार्यालको सहकार्यमा ढक तराजु चेकजाच कार्यक्रम समेत आयोजना गरिएको सघंका महासचिव नवदत्त घिमिरेले जानकारी दिए ।








