गृहपृष्ठ Featured गोरुसिंगेमा अगुमन टोलीलाई अवरोध गर्ने होटल संचालक प्रहरीको फन्दा

गोरुसिंगेमा अगुमन टोलीलाई अवरोध गर्ने होटल संचालक प्रहरीको फन्दा

कपिलवस्तु ।

अनुगमन टोलीलाई अवरोध गर्ने कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगे स्थित मल्ल स्टाफ होटल एन्ड लजका संचालक दिपेन्द्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

होटलमा अनुगमन गर्न सोमवार दिउसो सहायक प्रजिअ पदम लामिछानेको अगुवाई पु्गका अनुगमन टोलीलाई अनुगमन गर्न असहयोग गरे पछि संचालक मल्ललाई नियन्त्रणमा लिइएको हो ।

होटलमा ग्राहकले खाना खाईरहेका बेला खानामा कैफियत देखिएपछि आफुहरुले त्यस बारे सोध्न खोज्दा होटल संचालकले अवरोध गरेको सहायक प्रजिअ लामिछानेले बताए । प्रहरी नियन्त्रणमा रहेका मल्लका बारेमा आफुहरुले प्रहरीलाई लिखित जानकारी पठाएको उनले बताए ।

यस्तै अनगमन टोलीले कपिलवस्तुका ५ पानी उद्योगलाई १५ दिन भित्र पानीको जाच गरी रिपार्ट सहीत पेश गर्न निर्देशन गरेको छ । सोमवार अनुगमन टोलीले कपिलवस्तुको तौलिहवा स्थित प्रयास ड्रिङकीङ वाटर, बाणगंगा फुड एन्ड वेमरेज प्रालि, बुद्धभुमी नगरपालिका २ स्थित बिपासा आक्वा ईन्ड्रष्टीज, न्यु बुद्ध पानी प्रशोधन उद्योगको अनुगमन र निरीक्षण गरेको थियो ।

अनुगमन टोलीमा कोलेनिका प्रमुख कोष नियन्त्रक रुक्मांगत अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख संतोष खनाल, खाद्यय तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सरोज खनाल, प्रशासन कार्यालयका अधिकृत बावुराम पोख्रेल सहीतको टोलीले होटल तथा पानी उद्योगमा अनुमगन गरेको थियो ।

टोलीले फोहर जार समेत बरामद गरेको थियो ।

सम्बन्धित् समाचार