गृहपृष्ठ Featured रुपन्देहीमा ६ केजी गाँजा सहित एक व्यक्ति पक्राउ

रुपन्देहीमा ६ केजी गाँजा सहित एक व्यक्ति पक्राउ

वैखरी अनलाइन , रुपन्देही

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका–११, भवईबाट अवैध लागुऔषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ८ बजे गोप्य सूचनाको आधारमा गरिएको प्रहरी अपरेसनमा ३४ वर्षीय प्रशुराम लोहारलाई पक्राउ गरिएको हो। लोहारको साथबाट अन्दाजी ६ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गाँजा र पक्राउ परेका लोहारलाई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

सम्बन्धित् समाचार