गृहपृष्ठ कपिलवस्तु बिशेष उपाध्यक्ष चाैधरीकाे नेतृत्वमा वडा कार्यालयमा राजश्व अनुगमनलाई निरन्तरता

उपाध्यक्ष चाैधरीकाे नेतृत्वमा वडा कार्यालयमा राजश्व अनुगमनलाई निरन्तरता

घनश्याम भर (विजयनगर) कपिलवस्तु

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका वडा कार्यालयहरुमा अनुगमन कार्यलाई तीव्र पारिएको छ ।गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन संयाेजक लक्ष्मी कुमारी चाैधरीकाे नेतृत्वमा वडा कार्यालयकाे राजश्व अनुगमन कार्यलाई निरन्तरता दिएको छ ।

विगतका वर्षदेखि नै वडा कार्यालयमा राजश्वकाे पारदर्शितालाई मध्यनजर गर्दै चाैधरीले अनुगमन निरन्तरता दिँदै आएकी छन् । यस अनुगमनले स्थानीय सरकारकाे आर्थिक ऐन अनुसार राजश्व सङ्कलन र वित्तीय पारदर्शिता राख्ने उद्देश्यले वडाहरुमा अनुगमन गरिएको जनाइएको छ । साेमबार  गाउँपालिकाकाे वडा नम्बर १ र २ मा अनुगमन गरिएको छ । यस्तै आइतबार वडा नम्बर ३ र ६ मा अनुगमन गरिएको थियोे ।

उपाध्यक्ष चाैधरीले अनुगमनको क्रममा स्थानीय जनतालाई राजस्व र यसको उचित व्यवस्थापनको बारेमा जानकारी गराउनुका साथै नेतृत्वको प्रभावकारिता र पारदर्शितामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । स्थानीय सरकारका सबै आर्थिक गतिविधिहरूको सम्पूर्ण र सही जानकारी हुनु आवश्यक रहेको उनलेे जिकिर गरिन् ।

राजश्व अनुगमनले वडा कार्यालयका कर्मचारी र स्थानीय व्यवसायीहरूलाई पनि संलग्नताले राजस्व सङ्कलनमा चुनौती र अवसरको पहिचान गर्न मद्दत मिल्ने उनको भनाइ छ ।

यसका साथै अनुगमनका क्रममा उत्पन्न सुझावहरू र समस्याहरूको समाधानमा पनि ध्यान दिइने उपाध्यक्ष चाैधरीले बताइन् ।

राजश्व शाखा प्रमुुख अनिल सापकोटाले समग्रमा यो अनुगमनले स्थानीय सरकारको जिम्मेवारी र पारदर्शितालाई अझ मजबुत बनाउने आशा गरिएको बताए ।

यस कदमलाई सकारात्मक रूपमा लिएकाे बताउँदै र योजनाहरूमा भद्रता र प्रभावकारिता आउने सापकोटाकाे भनाइ छ ।

अनुगमन टाेलीमा ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, व्यापार संघ विजयनगरका अध्यक्ष गाेकर्ण प्रसाद सापकोटाकाे सहभागीता रहेको थियो ।

 

सम्बन्धित् समाचार