वैखरी अनलाइन, बुद्धभुमी ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव श्रेष्ठले तिजमा देखिएका विकृतिलाई चिर्दै मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बुद्धभुमी नगरपालिका–३ ले आयोजना गरेको वडास्तरीय तिजगीत प्रतियोगितामा बोल्दै उहाँले मौलिकता हराउँदै गएको तिज पर्वलाई परम्परागत ढंगले मनाउन आवश्यक रहेको बताउनुभयो ।
“पर्वहरूलाई मनोरञ्जनसँगै संस्कृतिको धरोहरका रूपमा बचाउनुपर्छ, विकृतिलाई प्रोत्साहन गर्नु हुँदैन,” नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का जनप्रतिनिधि, सरोकारवाला, स्थानीय बासिन्दा लगायतको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विभिन्न समूहहरूले आफ्ना सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।









