गृहपृष्ठ Featured समाजिक रुपान्तरणमा पर्वको महत्वपूर्ण भूमिका ः राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे

समाजिक रुपान्तरणमा पर्वको महत्वपूर्ण भूमिका ः राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे

विजयनगर, भाद्र ७

राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले सामाजिक रुपान्तरणका निम्ति नेपाली चाड पर्वहरु निकै महत्वपूर्ण रहने बताउनु भयो । विजयनगर गाउँपालिकाद्धारा आयोजित हरितालिका (तिजको) अवसरमा आयोजित शुभकामना आद्रान प्रदान तथा तिज मिलन कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो । राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले पर्वहरुलाई नेपाली मौतिकता झल्कने पर्वको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
गाउँपालिकाको सभाहल खडैचामा भव्य सभ्य रुपमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, अनेम संघकी केन्द्रीय सदस्य शारदा शर्मा, विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

 

सम्बन्धित् समाचार