दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।
प्रदेश निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले निजामती सेवाको गौरवलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए।
संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहमा निजामती सेवाको भूमिका अझ व्यापक भएको बताउँदै उनले प्रत्यक्ष रूपमा सेवा प्रवाहमा समर्पित सम्पूर्ण निजामती कर्मचारीप्रति उच्च सम्मान प्रकट गरे ।
लुम्बिनी प्रदेश सरकारले कर्मचारी व्यवस्थापन र वृत्ति विकासलाई स्पष्ट र व्यवस्थित बनाउँदै सेवाप्रवाहलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउन निरन्तर पहल गरिरहेको मुख्यमन्त्री आचार्यले बताए |
शुभकामना सन्देशमा उनले सम्पूर्ण निजामती कर्मचारीलाई ज्ञान, सीप र इमानदारीसहित सकारात्मक सोचका साथ जनसेवामा समर्पित हुन आह्वान गरेका छन् ।
साथै, उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरेका छन् । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरु गरिएका छन् ।








