वैखरी अनलाइन बाणगंगा ।
बाणगंगास्थित हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
सहकारीले समाजसेवा र मानवतावादी कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले “रक्तदान जीवनदान” अभियान अन्तर्गत रक्तदान कार्यक्रम गर्न लागेको सहकारीका अध्यक्ष सरेन्द्र पाण्डेले वैखरीलाई बताए । ।
कार्यक्रम आगामी असोज १ गते बिहान ८ बजेबाट सुरु हुनेछ । रक्तदान कार्यक्रम पिपरा कोठी महिला सेवा सामुदायिक बैंकको सभा हलमा आयोजना हुने सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष पाण्डेलेले सहकारीको स्थापना दिवसमा सदस्य, शुभेच्छुक र स्थानीयलाई सहभागी भई अभियान सफल बनाउन आग्रह गरेका छन् ।









