गृहपृष्ठ Featured स्वघोषित अभियान्ताको स्टाटस “बाणगंगाका मेयर, उपमेयर र वडाध्यक्षको घरमा आगो लगाउपर्छ”

स्वघोषित अभियान्ताको स्टाटस “बाणगंगाका मेयर, उपमेयर र वडाध्यक्षको घरमा आगो लगाउपर्छ”

वैखरी अनलाइन बाणगंगा
कपिलवस्तुको बाणगंगा नगरपालिकामा हालै भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटलाई उक्साउने अनुहारहरू क्रमशः सार्वजनिक हुँदै गएका छन् । आन्दोलनमा १३ देखि २८ वर्षसम्मका युवाहरु अग्रपंक्तिमा देखिए पनि, सार्वजनिक सम्पत्ति जलाउने, संरचना भत्काउने र लुटपाटमा संलग्न हुनेहरू मध्ये धेरैजसो भने पाका तथा राजनीतिक नाता–सम्बन्ध भएका व्यक्तिहरु रहेको तथ्य फेला परेको छ ।

 

आफुलाई सामाजिक अभियानता बताउने बाणगंगाका कृष्ण परियार र शिवकुमार चौधरीले खाडी मुलुकबाट सामाजिक सञ्जालमार्फत आन्दोलनलाई अझै उग्र बनाउन उत्तेजित स्टाटस लेखेको खुलेको छ । परियार बाणगंगा २ का स्थानिय हुन भने चौधरी बाणगंगा ५ कोपवा हुन ।

आफुलाई स्वघोषित समाजिक अभियान्ता बताउने कृष्ण परियारले बाणगंगाका जनप्रतिनिधिले राजिनामा नदिए बचाउन नसक्ने समेत लेखेका थिए । यसबाट बाणगंगामा आगजनी र तोडफोडमा उनको समंलग्नता पुष्टि हुने जानकार बताउछन ।

परियारले आफ्नो फेसबुक स्टाटसमा “बाणगंगा नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यले बेलैमा राजीनामा दिन हार्दिक अनुरोध गर्दछु, पछि बचाउन सक्दिन बेलामा होस् आओस् स्थिति सामान्य बनाउन राजीनामा दिनुपर्ने छ” भन्दै जनप्रतिनिधिमाथि दबाब सिर्जना गर्ने शैलीमा पोस्ट गरेका थिए । उनको यो भनाइ प्रदर्शनकारीलाई घर–घरमा तोडफोड र आगजनी गर्न प्रेरित गर्ने उद्देश्यले लेखिएको ठहर गरिएको छ ।

 

त्यस्तै, शिवकुमार चौधरीले “बाणगंगाका दलाल वार्ड अध्यक्ष, सदस्य कहाँ भागेको रु रात बाँकी छ” भन्दै आन्दोलनलाई हिंसात्मक मोड दिन खोजेका थिए ।

 

यस्ता अभिव्यक्तिले बाणगंगामा भएको जेन–जी आन्दोलन केवल युवाको स्वतःस्फूर्त आक्रोश मात्र नभई, योजनाबद्ध ढंगले सामाजिक अभियन्ता भन्दै परिचय दिने व्यक्तिहरुको सक्रिय संलग्नता रहेको पुष्टि गरेको स्थानीयवासीको धारणा छ ।

यस्तै अराजक परियारले नगरपालिकाका कर्मचारी केशव भट्टराईको पनि घर आगो लगाउनु पर्ने भन्दै उत्तेजित बनाएका थिए ।

 

 

यसैबीच, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सामाजिक सञ्जालमार्फत हिंसात्मक गतिविधिलाई उक्साउने वा समर्थन गर्नेहरूलाई कानुनी कारबाहीमा ल्याइने चेतावनी दिएको छ भने जिल्लामा अराजक ब्यक्ति माथि किटानी जाहेरी समेत दिने तयार भएको बुझिएको छ ।

 

सम्बन्धित् समाचार