गृहपृष्ठ Featured नेताहरूलाई जेल हाल्ने र दललाई प्रतिबन्ध लगाउनेसम्मका चलखेल हुदैंछ : प्रचण्ड

नेताहरूलाई जेल हाल्ने र दललाई प्रतिबन्ध लगाउनेसम्मका चलखेल हुदैंछ : प्रचण्ड

काठमाडौँ ।

नेकपा मा‌ओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खारेज गरेर अन्तरिम संविधान जारी गर्ने, नेताहरूलाई जेल हाल्ने र राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने चलखेल जारी रहेको बताएका छन्।

केन्द्रीय कमिटी भंग गर्दै आफ्नो संयोजकत्वमा विशेष महाधिवेशन आयोजना गर्ने प्रस्तावमा छलफलका लागि दाहालले बोलाएको केन्द्रीय समिति बैठकमा उनले जेनजी आन्दोलनपछि गैरदलीय सरकार बनेपनि उपलब्धिमाथिको संकट नटरेको र विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेको बताएका हुन्।

सम्बन्धित् समाचार