गृहपृष्ठ Featured बर्दियामा सडक दुर्घटनामा एक जनाको मृत्युु, एक घाइते

बर्दियामा सडक दुर्घटनामा एक जनाको मृत्युु, एक घाइते

बर्दियामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सडक दुर्घटनामा परी राजापुर नगरपालिका– ४, राजापुरका ४९ वर्षीय प्रदीप जिसीको मृत्यु भएको प्रहरीले जनाएको हो।

बुधबार दिउँसो १२ बजेको समयमा मधुवन नगरपालिका – ६ गाउँ नम्बर ४ मा मोटरसाइकल अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको थियो। मोटरसाइकलमा सवार जिसीको मृत्यु भएको छ। भने मोटरसाइकलचालक राजापुर नगरपालिका- ४, शान्तिपुरका ३० वर्षीय तिलक पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए।

उनले भने, ‘मृतक जिसीको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छ भने मोटरसाइकलचालक पुरीलाई सामान्य चोट लागेको छ।’

सम्बन्धित् समाचार