गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाईने

कपिलवस्तुमा राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाईने

वैखरी अनलाईन, बाणगंगा ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले देउसि–भैलो, नाचगान तथा सांस्कृतिक कार्यक्रमहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेले हस्ताक्षर गरेको सूचनामा चाडपर्वका अवसरमा रातभरि देउसि–भैलो खेल्दा हुने असुरक्षा, होहल्ला र सामाजिक शान्तिमा पर्ने असरलाई दृष्टिगत गर्दै निर्धारित समयभित्र नै सबै कार्यक्रम सम्पन्न गर्न अनुरोध गरिएको हो।

सूचनामा भनिएको छ, “देउसि भैलो, नाचगान तथा सांस्कृतिक कार्यक्रमहरू जनजीवनमा नकारात्मक असर नपर्ने गरी मर्यादित र सभ्य ढङ्गले राति ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरिन्छ।” प्रशासनले राति निर्धारित समयपछिका कार्यक्रम र अत्यधिक ध्वनि प्रदूषण हुने गतिविधि नगर्न सबै पक्षलाई सचेत गराएको छ।

जिल्ला प्रशासनले पर्वहरूलाई आपसी सद्भाव, मर्यादा र सहिष्णुताको वातावरणमा मनाउन आग्रह गर्दै सबैलाई शुभकामना समेत व्यक्त गरेको छ।

सम्बन्धित् समाचार