गृहपृष्ठ Featured भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

भोजपुर ।

भोजपुरको षडानन्द नगरपालिका–४ मा शनिबार (कात्तिक १५) ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्युु भएको छ । चारजना घाइते भएका छन् ।

चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना भएको हो । दुर्घटनामा षडानन्द–४, केराबारीका २५ वर्षीय ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४, चरम्बीका १७ वर्षीय नवीन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनीता तामाङ छन् । दिङ्ला नगर अपस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित् समाचार