गृहपृष्ठ Featured रुकुमपूर्वमा किवी उत्पादन दोब्बर

रुकुमपूर्वमा किवी उत्पादन दोब्बर

७ मंसिर, रुकुमपूर्व ।

रुकुमपूर्वका तीन गाउँपालिका-सिस्ने, भूमे र पुथाउत्तरगंगामा कृषकले परीक्षणका रूपमा सुरु गरेको किवी खेती पछिल्ला वर्षहरूमा फस्टाउँदै गएको छ ।

उत्पादन वृद्धि भए पनि बजार व्यवस्थापन नहुँदा किसानहरू निराश बनेका छन् ।

भूमे-५ दालिबाङका मोहनसिंह पुनले ४ वर्षअघि मकै खेती मासेर १५ रोपनी जग्गामा किवी खेती सुरु गरेका हुन् ।

प्रारम्भिक वर्षमै राम्रो उत्पादन आएपछि करिब १० लाख रुपैयाँ लगानी गरी व्यावसायिक रूपमा विस्तार गरे । तर, फल उत्पादन दोब्बर भए पनि बजार अभावका कारण नोक्सानी व्यहोर्न बाध्य भएको पुन बताए । ‘उत्पादन राम्रै छ, तर बिक्री हुँदैन । यहीले दुःख भोग्नुपरेको छ’, पुनले गुनासो गरे ।

सम्बन्धित् समाचार