गृहपृष्ठ खबर एकतामा आउन वामपन्थी शक्तिलाई नेकपाको अपिल

एकतामा आउन वामपन्थी शक्तिलाई नेकपाको अपिल

काठमाण्डौ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी, समाजवादी तथा देशभक्त शक्तिहरूबीच वृहत् एकताको आवश्यकता रहेको भन्दै सहकार्यका लागि औपचारिक आह्वान गरेको छ ।

पार्टीले आज अपिल जारी गरेर १५ वाम तथा समाजवादी समूहको एकीकरणमार्फत पुनर्गठित पार्टी निर्माण गरेको भन्दै सहकार्यका लागि अरु वामपन्थी शक्तिलाई अपिल गरेको हो । नेकपाले स्वतन्त्रता र अनुशासनको समुचित सन्तुलनमा आधारित जनवादी केन्द्रीयता पार्टीको संगठनात्मक सिद्धान्त र विधि हुने जनाएको छ ।

नेपाली विशेषताको समाजवादद्वारा निर्देशित वैचारिक मूल्यहरुबाट जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई थप समृद्ध गरिने पनि नेकपाले अपिलमा भनेको छ । नेकपाले नवयुवाको आन्दोलनसँगै उत्पन्न गम्भीर परिस्थितिमा गैर दलीय सरकार बनेपछि तत्कालको अनिश्चयपूर्ण तुँवालो केही हटे पनि देशमाथीको संकट पूर्णरुपले हटिनसकेको बताएको छ ।

तर देशलाई संवैधानिक बाटोबाट परिवर्तनको मार्गमा हिँडाउन घोषित मितिमा चुनाव सम्पन्न गराउनु पर्ने कुरामा दृढ रहँदै आएको पनि नेकपाले बताएको छ ।

सम्बन्धित् समाचार