गृहपृष्ठ अन्तरास्ट्रिय खबर श्रीलङ्कामा बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या एक सय २३ जना पुग्यो

श्रीलङ्कामा बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या एक सय २३ जना पुग्यो

श्रीलङ्कामा देशभर परेको अत्यधिक वर्षा र बाढीका कारण ज्यान गुमाउनेको संख्या एक सय २३ जना पुगेको छ । एक सय ३० जना बेपत्ता रहेका छन् । बाढी र पहिरोका कारण घर भत्किएका कारण ४३ हजार ९ सय ९५ जनालाई राज्य संचालित राहत केन्द्रमा सारेको एएफपीले जनाएको छ ।

उद्धार र राहतको काम भइरहेको छ । श्रीलंकामा गएको सोमबारदेखि अत्यधिक वर्षा शुरू भएको थियो । बुधवार मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि देशभर बाढीको अवस्था गम्भीर बनेको हो । हिजो बेलुका केलानी नदीको तटवन्ध भाँचिदा धेरै मानिसहरू अस्थायी शिविरमा सार्नु परेको छ । देशका धेरैजसो भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ ।

भारतले पीडितहरूको लागि आवश्यक राहत सामग्री पठाइसकेको छ र आवश्यक परे थप सहयोगका लागि तयार रहेको जनाएको छ । श्रीलंकाको मौसम विभागका अनुसार बाढीको स्तर सन् २०१६ भन्दा बढी हुने अनुमान छ । त्यसबेला ७१ जनाको ज्यान गएको थियो । त्यसअघि सन् २००३ को जूनमा आएको बाढीमा श्रीलंकामा दुई सय ५४ जनाको ज्यान गएको थियो ।

सम्बन्धित् समाचार