गृहपृष्ठ Featured बोल्न नसक्ने महिला बलात्कार गरेको आराेपमा ६० वर्षीय वृद्ध पक्राउ

बोल्न नसक्ने महिला बलात्कार गरेको आराेपमा ६० वर्षीय वृद्ध पक्राउ

दाङ ।

दाङमा बोल्न नसक्ने एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

तुलसीपुर-१६ की ५६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ६० वर्षीय पुरूष पक्राउ परेका हुन् ।

तुलसीपुर प्रहरीका अनुसार घटना यहि मंसिर १६ गते बिहान करिब साढे ५ बजेको हो । सोही ठाउँका रुपलाल डाँगीले महिलाका श्रीमान घरमा नभएको मौकामा बलात्कार गरेको आरोप छ ।

शारीरिक रुपमा अशक्त (बोल्न नसक्ने) ती महिलालाई बलात्कार गरिरहेको अवस्थामा उनका छोराले रंगेहात फेला पारेका थिए । त्यसपछि आइतबार प्रहरीमा जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलिले आरोपीलाई पक्राउ गरेको हो ।

सम्बन्धित् समाचार