गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकामा ३० करोड बढीको द ग्रेट लव भिलेज निर्माण हुने

कपिलवस्तु नगरपालिकामा ३० करोड बढीको द ग्रेट लव भिलेज निर्माण हुने

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेलीमा द ग्रेट लव भिलेज निर्माण हुनृ भएको छ ।
चुजी चेरेटी फाउन्डेशनले ३० करोड बढी लागतमा सो भिलेज निर्माण गर्ने भएको हो ।
त्यसकालागि चक्र ज्योति शाक्य अध्यक्ष रहेको चुजी गुठी ट्रस्ट मार्फत बमैलीमा ५५ कठुठा जग्गा समेत खरिद गरी सकिएको सस्थाका स्वयमसेवक तथा मध्यस्तकर्ता राकेश त्रिपाठीले बताए । भिलेज निर्माणकालागि आईतावार चुजी फाउन्डशनको उापध्यक्ष भिपिलिन र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल बिच एमओयु संझौता समेत भएको छ ।
भिलेजमा ४ सय जना अटने सामुदायिक केन्द्र, आधारभुत बिद्यालय र स्वास्थ्य चौकी गरी ३ वटा संरचना निर्माण हुनेछ । यस्तै बर्मेली वरपर रहेका ५० जना जतिको सुुकुम्बासीहरुलाई उनीहरुको समेत ब्यवस्थापन गरिने त्रिपाठीले बताए ।

सम्बन्धित् समाचार