गृहपृष्ठ Featured एमाले रुपन्देहीका सचिवले पार्टी छाडेर रोजे रास्वपा

एमाले रुपन्देहीका सचिवले पार्टी छाडेर रोजे रास्वपा

२७ मंसिर, बुटवल ।

नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्  ।

कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव रहेर लामो समय पार्टीमा काम गरेका लोकप्रिय नेता हुन् ।

भदौ २३ र २४ को जेन जी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेर युवा विद्यार्थीको हत्या गरेकोमा असन्तुष्टी र विरोध जनाउँदै कार्कीले उतिबेलै एमाले परित्यागको घोषणा गरेका थिए । त्यस यता उनी एमाले पार्टी काममा फर्कएका थिएनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरुसँग संवाद र छलफलपछि उनले रास्वपा रोजेको बताए ।

रास्वपा रुपन्देहीका नेता सुदन ज्ञवालीले कार्कीलाई औपचारिक रूपमा पार्टी प्रवेश गराउन आइतबार सैनामैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको बताए ।

सम्बन्धित् समाचार