गृहपृष्ठ Featured दश करोड क्लबमा पुग्यो ‘कश्मीरे पछ्यौरी’

दश करोड क्लबमा पुग्यो ‘कश्मीरे पछ्यौरी’

नेपाली लोकदोहोरी गीत ‘कश्मीरे पछ्यौरी’लाई युट्युबमा १० करोड पटक हेरिएको छ।

गत वर्ष ग्लोबल ट्रेन्डिङमा आएको यस गीतले दर्शक स्रोताको मन जित्दै सय मिलियन भ्युज पाएको हो। यो गीत झण्डै दुई वर्षअघि ‘बाबुकृष्ण परियार’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो।

यो गीत सुरुवातमा खासै चलेको थिएन। सार्वजनिक भएको आठ महिनापछि मात्रै छाएको थियो।

अझ गत वर्षको भदौमा सरकारले टिकटक खुलाएसँगै यो गीत भाइरल नै भएको थियो। यस गीतमा लाखौं टिकटकसहित रिल्स बनेका थिए। जुन चर्चासँगै ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। विश्वव्यापी ट्रेन्डिङमा पर्ने पहिलो नेपाली गीत मानिन्छ।

विशेषगरी लोकलयमा तयार गरिएको गीतको शब्दले दर्शकको ध्यान खिचेको थियो। निश्चल दवाडीको शब्द तथा संगीत रहेको गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बूको स्वर रहेको छ।

सम्बन्धित् समाचार