गृहपृष्ठ Featured म्यानचेस्टर सिटीको सानदार जित

म्यानचेस्टर सिटीको सानदार जित

क्रिस्टल प्यालेसलाई पराजित गर्दै म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलसँगको अंक दुरी कम गरेको छ।

आइतबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई ३–० गोलअन्तरले हराउँदै सिटीले अंक तालिकामा आर्सनलसँगको अंक दुरी २ अंकले कम गरेको हो।

लिग चरणको १६ खेलमा ११ खेलमा जित, १ खेलमा बराबरी र ४ खेलमा हार भोग्दै सिटी ३४ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ११ जित, ३ बराबरी र २ खेलमा हार भोगेको आर्सनल ३६ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

समान खेलबाट ३३ अंक जोडेको एष्टोन भिल्ला तेस्रो स्थानमा रहँदै सिटी र आसर्ननलाई पछ्याइरहेको छ।  आइतबार राति भएको खेलमा सिटीको जितमा हालान्डले दुई तथा फिल फोडेनले एक गोल गरे।

गएराति नै भएको खेलमा एष्टोन भिल्लाले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले हराएको थियो। नटिङघम फरेष्टले टोटनह्यामलाई ३–० ले हराउँदा सन्डरल्यान्डले न्युक्यासल युनाइटेडलाई १–० ले पाखा लगायो। अर्को खेलमा ब्रेन्टफोर्ड र लिड्सले १–१ को बराबरी गर्दै अंक बाँडे।

सम्बन्धित् समाचार