ज्यान मार्ने उद्योगमा पक्राउ परेकाको मुद्दा मिलाइदिन्छु भन्दै रकम ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १२ गते राति कपिलवस्तु-३ विशम्भरपुरमा झैझगडा भई कुटपिट तथा ज्यान मार्ने उद्योगमा प्रलाहद केवटसमेत तीन जनामाथि मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको अवस्थामा उनीहरूलाई छुटाइदिने र मुद्दा मिलाइदिने प्रलोभन देखाएर ठगी भएको प्रहरीकहाँ उजुरी परेको हो ।
पक्राउ परेकाहरूले प्रहरी, प्रशासन तथा ठूला व्यक्तिहरूसँग राम्रो चिनजान रहेको दाबी गर्दै मुद्दा दर्ता नै हुन नदिने, मिलाइदिने भन्दै प्रलाहदकी श्रीमती मिना केवटसँग नगद १० हजार रुपैयाँ लिई ठगी गरेको प्रहरीको भनाइ छ ।
मुद्दा मिलाइदिने, पहुँच भएको भन्दै सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने र यस्ता प्रलोभनमा नपर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।








