गृहपृष्ठ Featured ज्ञवालीले भने– ओली टिमलाई सानदार जिताऔँ

ज्ञवालीले भने– ओली टिमलाई सानदार जिताऔँ

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै गर्दा प्रतिनिधिहरूलाई अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको टिमलाई शानदार मतका साथ विजयी बनाउन अपिल गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको स्टाटसमा ज्ञवालीले महाधिवेशनलाई पार्टीको आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन् । उनले यस निर्णायक घडीमा अध्यक्ष ओलीको अगुवाइमा रहेको सम्पूर्ण टिमलाई समर्थन गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।

ज्ञवालीले आफू सधैँ कार्यकर्ताहरूको बीचमै रहने प्रतिबद्धता व्यक्त गर्दै यसपटक पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी दिएको जानकारी पनि दिएका छन् । प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास रहेको उनको भनाइ छ ।

सम्बन्धित् समाचार