काठमाडौं- नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान कार्यतालिकामा पुनः संशोधन गरिएको छ।
यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने घोषणा गरेकोमा निर्वाचन समितिले अब दिउँसो ३ बजेदेखि मात्रै मतदान प्रक्रिया सुरु गर्ने जनाएको छ।
महाधिवेशनको बन्दसत्रबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि अध्यक्षसहित अन्य केही पदाधिकारी पदमा निर्वाचन हुने निश्चित भएको छ।
निर्वाचन प्रक्रियालाई छिटो र पारदर्शी बनाउनका लागि महाधिवेशन स्थलमा सम्पूर्ण तयारी पूरा गरिएको निर्वाचन समितिले बताएको छ।
निर्वाचनमा सहभागी महाधिवेशन प्रतिनिधिहरूका लागि मतदानको सहजताका लागि जम्मा ८० वटा विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको छ।
प्रतिनिधिहरूले इलेक्ट्रोनिक मेसिन प्रयोग गरी आफ्नो मनपर्ने उम्मेदवारलाई मतदान गर्नेछन्। मतदानको समय परिवर्तन गरिए पनि निर्वाचन समितिले आजै मतदान सम्पन्न गर्ने तयारी गरेको छ।








