धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ पक्राउ परेका छन्।
कुमार, विश्वक्रान्ती, देवराज उपनामले चिनिने राजकुमार तामाङलाई मंगलबार काठमाडौँको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। तामाङलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए।
धनकुटाको पार्खिवास नगरपालिका-९ का ५० वर्षीय तामाङ हाल काठमाडौँको बुढानिलकण्ठ-११ कपनमा बस्दै आएका थिए। उनी यसअघि जेल सजाय भोगिसकेका व्यक्ति हुन्।
त्यस घटनामा संलग्न रहेको आरोपमा उनी पनि पक्राउ परेका थिए। कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उनलाई यसअघि २०६९ असार १२ गते पक्राउ परेका थिए।
उनलाई केन्द्रीय कारागार, नख्खु पठाइएको थियो। उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा छुटेका थिए।








