काठमाडौं ।
चर्चित लोकगायिका ज्योति मगर हिजो र आज भृकुटीमण्डमा भएको एमालेको महाधिवेशनमा देखिइन् । उनी उत्साहसाथ नाराबाजी र नाचगान गरिरहेकी थिइन् ।
जनजातिहरूको एउटा समूहले आफ्नो समुदायका उम्मेदवारहरूको समर्थनमा झाँकी प्रदर्शन गरेको थियो । त्यही प्रदर्शनमा सहभागी भएकी ज्योति हातमा पूर्ण गुरुङको पोस्टर लिई उनलाई जिताउन भोट माग्दै थिइन् ।
जुलुसका सहभागीले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो’ भन्दै नाराबाजी गरेका थिए । ज्योति पनि नाच्दै उक्त नारावाजीमा साथ दिइरहेकी थिइन् ।
ज्योति अहिलेसम्म एमाले पार्टी प्रवेश गरेकी छैनन् । यद्यपि, उनका पछिल्ला अन्तरवार्ताहरूमा एमाले र केपी शर्मा ओलीप्रति सदासयता प्रकट हुने गरेका छन् । महाधिवेशनमा देखिएको उनको सहभागिताले कतै उनी एमाले प्रवेश गर्ने तयारी त गरिरहेकी छैनन् भन्ने धेरैको मनमा लागिरहेको छ । यसै विषयको सेरोफेरोमा उनीसँग गरिएको कुराकानी-








