गृहपृष्ठ Featured अध्यक्षमा ह्याट्रिक गरेका ओली भृकुटीमण्डप पुगे

अध्यक्षमा ह्याट्रिक गरेका ओली भृकुटीमण्डप पुगे

काठमाडौँ – नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओली भृकुटीमण्डप पुगेका छन्।

पार्टीको एघारौँ  महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि उनी भृकुटीमण्डपस्थित मतगणनास्थल पुगेका हुन्। ईश्वर पोखरेललाई पराजित गर्दै ओली लगातार तेस्रो पटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्।

ओलीले १ हजार ६६३ मत पाउँदा पोखरेलले ५६४ मत पाए।

१९ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईबाहेक अरु सबै पदाधिकारीका ओली पक्षकै निर्वाचित भएका छन्।

सम्बन्धित् समाचार