अन्तत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनबाट गाडीमा रुपन्देही आउने भएका छन्।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार रिहाइका लागि कानुनी प्रक्रिया पूरा गर्न रुपन्देही जिल्ला अदालत आउन लागेका हुन्।








