गृहपृष्ठ Featured रविमाथि लागेका मुद्दालाई कार्की सरकारले पूर्णबिराम लगाउने रास्वपाको विश्वास

रविमाथि लागेका मुद्दालाई कार्की सरकारले पूर्णबिराम लगाउने रास्वपाको विश्वास

काठमाडौँ – रास्वपाले आफ्ना पार्टी सभापति रवि लामिछाने बैंक जमानतमा छुटेको जस सरकारलाई दिएको छ।

शुक्रबार लामिछाने रुपन्देहीबाट रिहा भए लगत्तै कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै अघिल्लो सरकारले झुठा मुद्दा लगाएको दाबी गर्दै अहिलेको सुशीला कार्की नेतृत्वको सरकारले त्यसमा पूर्ण बिराम लगाउने विश्वास व्यक्त गरेका हुन्।

अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पाटीले लिएको छ।’

अदालतबाट रवि छुट्नुमा सरकारको समेत सदासयता रहेको चर्चाबीच रास्वपाले अब मुद्दाबाटै सरकारले आवश्यक कदम चाली सफाइ दिलाउने विश्वास व्यक्त गरेको हो।

बिहीबार न्यायाधीश वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले तत्कालीन गोरखा मिडिया नेटवकर्टका सञ्चालक लामिछानेलाई बैंक जमानत लिएर रिहा गर्न आदेश दिएको हो।

उच्च अदालतले लामिछानेसँग उनको भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार बरारबरको बिगो बरारबरको रकम जमानत लिएर रिहा गर्न भनेको हो। अरु न्यायाधीशको इजलासमा पेशी चढ्दा हटाइएको सुनुवाइ बिहीबार आचायए र पौडेलको इजलासमा परेपछि लामिछानेका समर्थक उत्साहित भएका थिए।

रास्वपाले विधिको शासनप्रति आफ्नो दल प्रतिबद्ध रहेको जनाउँदै रवि छाड्ने आदेशप्रति सम्मान पनि व्यक्त गरेको छ। अर्यालले लामिछाने तत्कालै पार्टीमा सक्रिय हुने जानकारी पनि दिए। उनले भनेका छन्, ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरासमेत अवगत गराउँछौँ।’

सम्बन्धित् समाचार