गृहपृष्ठ Featured मधौलिया सामुदायिक बनको २२ औँ साधारण सभा सम्पन्न

मधौलिया सामुदायिक बनको २२ औँ साधारण सभा सम्पन्न

नविन भुसाल, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा ः ५ मा रहेको मधौलिया सामुदायिक बन उपभोक्ता समुहले २२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार मधौलिया बाल उद्यानमा भब्य कार्यक्रमकाबिच सामुदायिक बनको साधारण सम्पन्न भएको हो ।

सभामा बोल्दै बाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले मधौलिया सामुदायिक बनले बाणगंगाको पर्यटन क्षेत्रको बिकास तथा प्रर्वधनमा उल्लेखनीय भुमीका  खेलेको जिकिर गरेकी थिइन । सामुदायिक बनले काठ दाउरा मार्फत मात्र उपभोक्ता नजोडी सामाजिक बिकास तथा पर्यटन क्षेत्रमा काम गरी सबै क्षेत्रको बिकासमा काम गर्नु पर्नेमा पोड दिइन ।

सो अवसरमा सामुदायिक बनका कार्यबहाक अध्यक्ष तुल्सी प्रसाद अर्यालले बार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष खडानन्द गौतमले बार्षिक निति तथा कार्यक्रम प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

साधारण सभा बनका कार्यबहाक अध्यक्ष तुल्सी प्रसाद अर्यालको अध्यक्षता, सचिव मिना भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा अवकाश लिएका बनका २ कर्मचारीलाई सम्मान समेत गरिएको बनकी सचिव मिना भुसालले जानकारी दिइन

सम्बन्धित् समाचार