गृहपृष्ठ Featured राजनीति गर्न होइन, देश परिवर्तन गर्न आएका हौँ : कुलमान घिसिङ

राजनीति गर्न होइन, देश परिवर्तन गर्न आएका हौँ : कुलमान घिसिङ

उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नभएर देश परिवर्तन गर्न आएको बताएका छन्।

चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले देश परिवर्तन गरेर छाड्ने बताए। ‘हामी राजनीति गर्न आएको होइन, देश परिवर्तन गर्न आएको हौँ,’ उनले भने।

राजनीति र नेतृत्व फरक कुरा रहेको उल्लेख गर्दै देशलाई परिवर्तन गर्न जरुरी भएको घिसिङको भनाइ थियो। उनले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बताए।

‘राजनीति र नेतृत्व फरक छ। देशलाई परिवर्तन गर्न आएको हो। जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटोमात्रै समातेको हो,’ उनले भने।

देशमा परिवर्तन, सुशासन र समृद्धि नहुँदा अघि बढ्न नसक्ने उनको भनाइ थियो। त्यसका लागि आफू जनताको सेवा गर्न आएको उनले बताए।

सम्बन्धित् समाचार