रुपन्देही ।
नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान मार्फत नेकपा संयुक्त का कार्यवाहक अध्यक्ष बनेका घनश्याम भुसाल गृह जिल्ला रुपन्देहीमा आएर छलफलमा जुटेका छन् ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी सहितका पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि त्यसप्रति असहमति जनाउँदै नेकपा संयुक्तका कार्यवाहक भएपछि भुसाल गृहजिल्ला रुपन्देही पहिलो पटक आएर छलफलमा जुटेका हुन् ।
रुपन्देहीमा नेकपा एसको तत्कालीन अध्यक्ष, उपाध्यक्ष सचिव सहितको टिम भुसालकै साथमा रहेको छ । शनिवार बुटवलमा लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई कार्यवाहक अध्यक्ष भुसालले सम्बोधन गर्दै मुलुकमा अझै भयावह अवस्था आउन सक्ने भन्दै जनताको बाहेक अरू धन्दा नगर्ने पार्टी बनाउने अभियानमा होमिएको बताए ।
‘अहिले २ सयकै हाराहारीमा पार्टी पुगे होलान्, तर, जनताको बाहेक अरू धन्दा नभएको पार्टी भएनन्’ उनले भने । कार्यवाहक अध्यक्ष भुसालले नेपालका पार्टीहरूले सत्ताको लागि जनताको गफ गरेर दलाल र बिचौलियासँग सङ्गत गरेको बताए ।








