गृहपृष्ठ Featured ओलीलक्षित गर्दै रविले भने- भागेका केही शक्ति चुनाव बिथोल्न लागेका छन्

ओलीलक्षित गर्दै रविले भने- भागेका केही शक्ति चुनाव बिथोल्न लागेका छन्

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय समितिको बैठकअघि पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले जेन–जी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएकोसमेत उनको भनाइ छ।

उनले मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउन आफ्नो पार्टी सरकारसँगै रहेको स्पष्ट पारे।

उनले जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुनेसमेत बताए। निर्वाचन बिथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी उनले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिए।

‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन। जेन–जी विद्रोहले गरेका अपेक्षा पूरा गर्नुको समेत विकल्प छैन,’ उनले भने, ‘निर्वाचन बिथोल्नका निमित्त भागेका केही शक्तिहरु लागिपरेका छन्। त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आमचुनाव पनि जिते भैगो नि।’

सम्बन्धित् समाचार