सन् २०२५ को अन्तिम बुन्डेस लिगा खेलमा बायर्न म्युनिखले हेडेनहाइममाथि सानदार जित दर्ता गरेको छ।
आइतबार राति भएको खेलमा बायर्नले हेडेनहाइमलाई ४–० को फराकिलो जित हात पारेको हो।
खेलको पहिलो हाफमा जोसिप स्टानिसिक माइकल ओलिसले पहिलो हाफमा गोल गर्दै २–० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा थप २ गोल गर्याे। खेलको दोस्रो हाफमा लुइस डियाज र ह्यारी केनले गोल थपे।
जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डसँग ९ अंकको फराकिलो अन्तर बनाएको छ।
लिगको १२ खेलमा १३ जित र २ खेलमा बराबरी गर्दै ४१ अंकमा शीर्ष स्थानमा छ। समान खेलबाट ३२ अंक भएको बोरुसिया दोस्रो स्थानमा छ।








