गृहपृष्ठ Featured मस्कोमा विस्फोट हुँदा एक सेना जनरलको मृत्यु

मस्कोमा विस्फोट हुँदा एक सेना जनरलको मृत्यु

रुसी अधिकारीहरूले राजधानी मस्कोमा भएको विस्फोटमा एक सेना जनरलको मृत्यु भएको बताएका छन्।

रुसको अनुसन्धान समितिले सोमबार बिहान कारमुनि राखिएको बम विस्फोटमा लेफ्टिनेन्ट जनरल फमिल सर्वारोभको मृत्यु भएको जनाएको छ।

समितिका अनुसार सर्वारोभ सशस्त्र बलको परिचालन प्रशिक्षण विभागका प्रमुख थिए। यस विषयमा अनुसन्धान भइरहेको छ, जसमा युक्रेनी गुप्तचर एजेन्सीहरू संलग्न हुन सक्ने सम्भावना छ।

यसबारे युक्रेनबाट कुनै प्रतिक्रिया आएको छैन।

सम्बन्धित् समाचार