नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। ओलीले देउवासँगको भेटमा यसपटक महासचिव शंकर पोखरेललाई साथै राखेका छन्।
मंसिर २७–पुस २ सम्म भएको एघारौँ महाधिवेशनबाट ओली अध्यक्ष र पोखरेल महासचिव निर्वाचित भएका छन्।
महाधिवेशनपछि उनीहरूबीच भएको यो पहिलो भेटवार्ता हो।
एमालेले संसद पुनर्स्थापनाका लागि पहल गरिरहेको छ। संसद पुनर्स्थापनाका लागि एमालेले सर्वोच्च अदालत गुहारेको छ भने दुवै दलका सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका छन्।
तत्कालीन प्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान नदिने अडान लिएका छन्।








