गृहपृष्ठ Featured चिसो बढेपछि कपिलवस्तुका ३ पालिकाका विद्यालयमा बिदा

चिसो बढेपछि कपिलवस्तुका ३ पालिकाका विद्यालयमा बिदा

वैखरी अनलाईन, बाणगंगा ।

चिसो बढेपछि कपिलवस्तु जिल्लाका ३ पालिका (यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिका) ले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिएका छन् ।

केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिएको पालिकाले जारी गरेको सुचनामा उल्लेख छ।

यशोधरा र मायादेवीले आगामी पुष १४ गतेसम्म तथा शुद्धोधनले आगामी पुष १८ गतेसम्म जाडो विदा दिएको हो ।

सम्बन्धित् समाचार