गृहपृष्ठ Featured २१ फागुनमै चुनाव हुन्छ, शंका नगर्नुस् : अर्थमन्त्री

२१ फागुनमै चुनाव हुन्छ, शंका नगर्नुस् : अर्थमन्त्री

९ पुस, विराटनगर ।

अर्थमन्त्री रामेश्वर खनालले २१ फागुनमा नै निर्वाचन हुने दाबी गरेका छन् ।

विराटनगरको आर्थिक र व्यापारिक गतिविधिमा नयाँ ऊर्जा भर्ने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघको आयोजना गरेको ‘विराट ट्रेड एक्स्पो २०२५’ को उद्घाटन गर्दै उनले निर्वाचन हुनेमा शंका नगर्न दलहरूलाई आग्रह गरेका हुन् ।

‘बरु हाम्रा छिमेकी दुइटा मुलुकका उच्च स्तरका अधिकृतहरूले आशंका गर्दैनन्, मैले उहाँहरूसँग प्रत्यक्ष वार्ता गर्दाखेरि तोकिएकै मितिमा चुनाव हुनेमा विश्वस्त हुनुहुन्छ,’ उनले भने,‘ हाम्रो यहाँ आन्तरिक रूपमा आशंका गर्छन् । तर मलाई खुसी के लाग्छ भने आशंका र हल्ला चाहिँ हामीकहाँ सत्य हुँदैनन् । २३ भदौमा त्यस्तो होला भनेर कसैले हल्ला फैलाएको थियो, हल्ला नफैलिएको घटना घट्यो । २४ भदौको २ बजे सरकार ढल्ला भनेर कसैले हल्ला फैलाएको थियो ५ महिनाअघि । यो अहिले हल्ला फैलाएको हुनाले, हुँदैन कि भनेको हुनाले २१ फागुनमै चुनाव हुन्छ, कत्ति पनि शंका नगर्नुस् ।’

२१ फागुनको निर्वाचनका लागि आन्तरिक तयारी र अन्तर्राष्ट्रिय सहयोग एवं समर्थन जुटिसकेको उनको भनाइ छ ।

सम्बन्धित् समाचार