अशोक पौडेल, बुद्धभूमी
कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिकाले चिसोको याम सुरु भएसँगै नगरबासीलाई न्यानो अनुभूति दिलाउने उद्देश्यले “चोक–चोकमा दाउरा झार्दै आगो ताप्ने व्यवस्था” अभियान सञ्चालन गरेको छ। हप्तादिन अघिदेखि अत्यधिक बढेको चिसोका कारण कठ्याङ्ग्रिँदै आएका स्थानीयहरूलाई नगरपालिकाको यो कदमले राहत मिलेको छ।
चिसोबाट नगरवासीलाई सकेसम्म सहयोग पुर्याउने उद्देश्यले पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिण तथा नगरपालिकाको तल्लो भेगका मुख्य चोक, प्रतिक्षालय र भीडभाड हुने स्थानहरूमा नगरपालिका आफैँले दाउरा, गोलिया तथा काठको व्यवस्थापन गरी आगो ताप्ने सुविधा मिलाएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए। नगरपालिकाले ट्र्याक्टरमार्फत स्थानीयलाई पायक पर्ने स्थानमा दाउरा झारेर सार्वजनिक स्थलमै आगो ताप्ने व्यवस्था गरेको पनि उनले बताए।

नगरपालिकाले आफ्नै स्रोत साधन प्रयोग गरी न्यानो व्यवस्थापन गरेकोमा स्थानीयहरू खुशी व्यक्त गर्दै अभियानप्रति कृतज्ञता प्रकट गरेका छन्। बुद्धभूमी नगरपालिका–५ का स्थानीय रामलखन यादवले अभियानबाट ठूलो राहत पुगेको भन्दै नगरपालिकालाई धन्यवाद दिए। त्यसैगरी, बुद्धभूमी–५ कै रामलखन यादवले पालिकाको यस मानवीय कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।
यादवले चिसोमा दाउरा झारेर न्यानो व्यवस्थापन गर्नु नगरबासीका लागि महत्वपूर्ण सहयोग भएको बताए। यस्तै, बुद्धभूमी वडा नं. ५ का रामलखन यादवले चिसोको बेला दाउरा वितरण र आगो ताप्ने व्यवस्था मिलाएकोमा नगरपालिकालाई धन्यवाद दिए।
नगरपालिकाको यो अभियानले कठ्याङ्ग्रिँदो चिसोमा जनजीवन सहज बनाउन थोरै भए पनि ठूलो सहयोग पुर्याएको स्थानीयहरूको भनाइ छ। चिसो अझै बढ्ने अनुमानसँगै नगरपालिकाले यस्तो सहयोग निरन्तर रहने संकेत गरेको छ।
बिशेष गरेर राजमार्ग माथि सामुदायिक बन धेरै र आवश्यकता अनुसार काठ दाउरा बितरण गर्न सक्ने भएकाले पालिकाले राजमार्ग भन्दा तलका चोकरौरहामा आगो ताप्ने ब्यवस्था मिलाएको हो ।








