गृहपृष्ठ Featured आज ६०औँ जन्मदिन मनाउँदै सलमान

आज ६०औँ जन्मदिन मनाउँदै सलमान

बलिउड अभिनेता सलमान खान आज (डिसेम्बर २७) ६० वर्ष पुग्दै छन्।

उनको जन्मदिन धुमधामका साथ मनाइँदै छ।

यसपटक सलमानको ग्यालेक्सी अपार्टमेन्ट र वरपरका क्षेत्रमा प्रहरीको उपस्थिति दोब्बर पारिएको छ।

हेलिकप्टर निगरानीदेखि ड्रोन क्यामेरासम्म, हरेक कुनामा सतर्क कर्मचारी तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सलमानविरुद्ध बेलाबेला धम्की आउने गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको हो।

यसैबीच ६० वर्षको उमेरमा पनि हृष्टपुष्ट सलमानको फिटनेस देखेर मानिसहरू छक्क पर्छन्।

सम्बन्धित् समाचार