नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते हुने चुनाव नलड्ने घोषणा गरेकी छिन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै नेतृ भुसालले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेकी हुन् । उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार नबन्ने जनाएकी छिन् ।
उनले लेखेकी छिन्, ‘आगामी निर्वाचनमा उठ्नेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन् । यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । मैले पहिले नै दुईपटक प्रत्यक्ष निर्वाचन जितिसकेकी छु र पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेकी छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।’








