गृहपृष्ठ Featured रास्वपाप्रति ओली- प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौँ

रास्वपाप्रति ओली- प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार अघि सारेकोमा कटाक्ष गरेका छन्।

मंगलबार मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा ११ औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेषगरि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गरेका हुन्।

‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ,’ ओलीले भने, ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला।’

फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि रास्वपाले काठमाडौँका मेयर बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ।

सम्बन्धित् समाचार