गृहपृष्ठ Featured पार्टी त्यागेकाे घाेषणा गरेका वासुदेवलाई राेक्ने प्रयासमा एमाले

पार्टी त्यागेकाे घाेषणा गरेका वासुदेवलाई राेक्ने प्रयासमा एमाले

रूपन्देही ।

नेकपा एमाले छाडेको घोषणा गरेका विघटित प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेलाई तत्काल पार्टी नछाड्न समझदारी गराउन उपाध्यक्ष विष्णुप्रसाद पाैडेलका नेताहरू सहमति जुटाएकाे जनाएका छन् ।

उपाध्यक्ष बिष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराईसहितका नेतालाई राखेर बासु निकटका नेताहरूले बुधबारदेखि ने छलफल गरेका हुन् ।

बासु निकट एमालेका नेता कमल पाैडेलकाे समन्वयमा उपाध्यक्ष विष्णु पाैडेलसहितका नेताहरू छलफलमा बसेकाे एमाले नेता लिला गिरीले जनाएका छन् । तर त्याे बैठकमा आफू नबसेकाे उनको भनाइ छ । म हिजाे बासुजीसँग एक्लै बसेकाे थिएँ, तपाईले गल्ती गर्नुभयाे भनेकाे हाे तर आजकाे बसाइँमा नेताहरू बस्नुभएकाे छ, उनले भने ।

उपाध्यक्ष पाैडेलसहित बासु घिमिरेसँगकाे बैठकमा बसेका नेता खिमलाल भट्टराईले तत्काल अन्त नजाने समझदारी भएको बताएका छन् । ” तत्कालै कतै नजाने समझदारी भएको बुझेकाे छु, बसाइँ सकेर बासुजी सहितका नेताहरू उठ्नुभयाे, उनलेे भने ।

एमाले सचिव छविलाल विश्वकर्माले पनि हिजाेदेखि बासु घिमिरेसहितका नेतालाई राखेर उपाध्यक्ष पाैडेलले छलफल गरेकाे तर अहिले भने आफू अन्तै रहेका जनाए ।

” म रूपन्देहीमै छु तर नेताहरू बसेकाे सत्य हाे, उनले भने ।

पौडेलले घिमिरेसँग स्थानीय कार्यकर्ता कमल पौडेलको योगिकुटीस्थित निवासमावार्ता गरेका हुन् ।

सम्बन्धित् समाचार