गृहपृष्ठ Featured एकैदिन तोलामा ४ हजार ६ सयले उकालो लाग्यो सुनको मूल्य

एकैदिन तोलामा ४ हजार ६ सयले उकालो लाग्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन प्रतितोला ४ हजार ६०० रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि सोमबार बढेको छ। प्रतितोला चाँदी १८५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ६८५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

आइतबार भने चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित् समाचार