गृहपृष्ठ Featured मन्त्रीबाट राजीनामा दिने कुलमान घिसिङको तयारी

मन्त्रीबाट राजीनामा दिने कुलमान घिसिङको तयारी

ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन्।

‘मन्त्रीले राजीनामा दिने तयारी गर्नुभएको छ,’ कुलमान निकट स्रोतले भन्यो, ‘विशेष परिस्थिति आएन भने राजीनामा दिनुहुन्छ।’

रास्वपासँग एकता गरेर उपसभापति बनेपछि घिसिङलाई राजीनामा दिन दवाव बढेको थियो। ‘धेरै प्रश्न उठेपछि पदमा बस्न उहाँको मन छैन,’ उनले थपे।

घिसिङले राजीनामा दिनेबारे बुधबार दिनभर छलफल र तयारी गरेका थिए।

सम्बन्धित् समाचार