काठमाडौं ।
इंग्लिस क्लब न्युक्यासल युनाइटेडले लिड्स युनाइटेडविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको छ । बुधबार इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युक्यासलको घरेलु मैदानमा सम्पन्न खेलमा लिड्सले तीनपटक अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।
खेलको ३२औँ मिनेटमा लिड्सलाई टोलीका ब्रेन्डेन एरोन्सनले अग्रता दिलाए । तर, लिड्सले यो अग्रता लामो समयसम्म जोगाउन सकेन । ३६औँ मिनेटमा न्युक्यासलका हार्भे बार्नसले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।
पहिलो हाफको इन्जुरी टाइममा लिड्सका डोमिनिक काल्र्भट–लेविनले गोलगरेसिछ, टोली २–१ को अग्रता बनायो । तर, न्युक्यासलले ५४औँ मिनेटमा पुनरागमन गर्यो । टोलीका जोलिन्टनले बराबरी गेल फर्काएका थिए ।
७९औँ मिनेटमा लिड्सले टोलीका ब्रेन्डेनको व्यक्तिगत दोस्रो गोलमा ३–२ को अग्रता बनायो । इन्जुरी टाइममा न्युक्यासलका ब्रुनो ग्युमारेजले गोल गर्दै टोलीलाई ३–३ को स्थितिमा ल्याए । यसपछि, इन्जुरी टाइममा हार्भेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
जितसँगै न्युक्यासलले तालिकामा ३३ अंक जोडेको छ । न्युक्यासलले २१ खेलमा नौ जित, पाँच बराबरी र सात हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित लिड्स भने २२ अंकमा सीमित छ ।






