गृहपृष्ठ खबर आशिका तामाङले घोषणा गरिन् काठमाडौँबाट स्वतन्त्र उम्मेदवारी

आशिका तामाङले घोषणा गरिन् काठमाडौँबाट स्वतन्त्र उम्मेदवारी

काठमाडौँ – सामाजिक अभियान्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँबाट चुनाव लड्ने घोषणा गरेकी छन्।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेकी हुन्।

उनले काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राखेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

साथै, कुनै पनि दलमा आबद्ध नहुने बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु।’

सम्बन्धित् समाचार