गृहपृष्ठ Featured नेकपाबाट दाङ-१ मा टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने लुम्बिनीका मुख्यमन्त्री केसीको चेतावनी

नेकपाबाट दाङ-१ मा टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने लुम्बिनीका मुख्यमन्त्री केसीको चेतावनी

४ माघ, बुटवल ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका कुलप्रसाद केसीले दाङ- १ मा बागी उम्मेदवारी दिने चेतावनी दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले  दाङ १ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि केसी असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिए ।

‘आज १ बजेसम्म उम्मेदवारको अन्तिम टुंगो लाग्ने भनिएको छ, त्यो बेलासम्म मैले टिकट पाइन भने स्वतन्त्र भएर चुनाव लड्छु,’ केसीले भने ।

बुटवलबाट हतार हतारमा राजधानी भालुबाङ सार्न केसीले अग्रणी भूमिका खेलेका थिए ।

२०७४ मा उनी प्रदेशसभामा निर्वाचित भएर आन्तरिक मामिला तथा कानुनमन्त्री र मुख्यमन्त्री भएका थिए । केसीले २०७९ मा भने पनि टिकट पाएका थिएनन् ।

सम्बन्धित् समाचार