गृहपृष्ठ Featured रूपन्देहीका पाँच क्षेत्र : यी हुन् निर्वाचन लड्ने एमालेका उम्मेदवार

रूपन्देहीका पाँच क्षेत्र : यी हुन् निर्वाचन लड्ने एमालेका उम्मेदवार

नेकपा एमालेले रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।

यसअघिको निर्णयलाई सच्चाउँदै उपाध्यक्ष विष्णु पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ मै पठाउने निर्णयसँगै अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवारको टुंगो लगाएको हो।

एमालेले क्षेत्र नम्बर ३ मा बासुदेव घिमिरे र ५ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय शनिबार नै गरेको थियो।

आइतबार बसेको सचिवालय बैठकले क्षेत्र नम्बर १ मा दधिराम न्यौपाने र क्षेत्र नम्बर ४ मा सुनिता ठठेरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

क्षेत्र नम्बर १ मा टिकट पाएका न्यौपाने २०७४ सालमा प्रत्यक्षबाट र क्षेत्र नम्बर ४ मा टिकट पाएकी ठठेर समानुपातिकबाट लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य रहेका थिए।

घिमिरे यसअघि तिलोत्तमा नगरपालिकाको मेयर र विघटित प्रतिनिधि सभा सदस्य थिए भने भट्टराई राष्ट्रिय सभा सदस्य थिए।

सम्बन्धित् समाचार